बलात्कारका घटना न्यूनिकरण गर्न ध्यान दिऔं

पछिल्लो समय दाङको तुलसीपुर क्षेत्रमा बलात्कारका घटनाहरू बढिरहेका छन् । प्रत्येक हप्ताजसो बलात्कारका घटनाहरू आईरहका छन् । केही बाहिर आउछन्, भने केही घटनाहरू भित्रै गुपचुप हुने गरेका छन् । अहिले देखिएको बलात्ककारको घटनाको ग्राफ हेर्दा समाजिक रूपमा तुलसीपुर क्षेत्र निकै पछि परेको प्रष्ट हुन्छ । एक/दुई दिनको पेरिफेरीमा ११ वर्षीया बालिका र ७३ वर्षीया वृद्ध महिला बलात्कारको सिकार हुन्छन् । यसरी बलात्कारका घटना बढिरहदा त्यसलाई न्यूनिकरण गर्न चौतर्फी चासो दिन आवश्यक छ ।

तुलसीपुरलाई अपराधिक गतिविधिको हबको रूपमा चिनाउन खोजिन्छ । पटक–पटक तुलसीपुरमा अपराधिक गतिविधि हुने ठाउँ भनेर विभिन्न निकायले भन्ने गर्छन । सुरक्षाकै दृष्टिले गर्दा बाह्य लगानी नभित्राएको भने पटक–पटक सार्वजनिक कार्यक्रममा ब्यक्त समेत हुुने गर्छन् । यो तुलसीपुरकालागि सकारात्मक कुरा होईन् । तुलसीपुरलाई सम्य समाजका रूपमा परिचय बनाउनु अहिलेको आवश्यकता हो । हत्या, हिंसा, बलात्कार, लागुऔषध दुब्यर्सनी न्यूनिकरण गर्नु तुलसीपुरको दायित्व हो । यो दायित्व सुरक्षा निकायको मात्रै होईन्, यो क्षेत्रका सभ्य नागरिक, सामाजिक संघसंस्था, राजनीतिक दल, शिक्षा क्षेत्रलगायत सम्पूर्णको हो । यस तर्फ ध्यान दिन आवश्यक छ ।


पछिल्लो समय बलात्कका घटनाका प्रकृति पनि फरक–फरक हुने गरेको छ । मिलेमतोमा यौन सम्बन्ध राख्ने र पछि त्यही सम्बन्धलाई बलात्कारमा परिणत गर्ने गरिएको अवस्था छ । यो समाजमा विकृतिका रूपमा छ । वास्तविक बलात्कार र बनावटी बलात्कारका सन्दर्भमा गम्भीर बन्नु नै पर्छ । यसमा टेकेर केही समूह आर्थिक चलखेल तिर पनि लाग्छ । बलात्कारका घटना मिलाउने नाममा आर्थिक चलखेल हुने गरका घटनाहरू पटक–पटक बाहिर आउने गर्छन् । यसले पनि समाजलाई धुमिल्याउछ । बलात्कार जस्तो जघन्य अपराधलाई राजनीतिकरण गर्ने कार्यलाई पनि निरुत्साहित गर्नुपर्छ । यस्ता घटनामा कसैले पनि बचाउन गर्न तर्फ नलागे मात्रै पनि केही हदसम्म न्यूनिकरण गर्न सकिन्छ । साभारः अग्रिम साप्ताहिक