चारलेनमा किन राजनीति ?

घोराही–तुलसीपुर चारलेन निर्माणको काम सुरु भएको तीन बर्ष पुग्नै लाग्यो । तर, काम को प्रगति हेर्दा भन्न पनि लाजलाग्ने अबस्था छ । अहिलेसम्म ६ प्रतिशत भन्दा बढि काम हुन सकेको छैन, भन्दा आफैमा हास्यास्पद विषय छ । दाङकालागि ठूलो प्राजेक्टका रुपमा लिईएको उक्त सकड निर्माणको जिम्मा भारतीय तथ्य ईञ्जिनियरले लिएको छ । उसले पनि पेटी ठेकेदार राखेर काम गरिरहेको छ । सुरुमा अष्ट भैरव कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको थियो । त्यसले केही समय त धमाधम काम गरेको जस्तो देखायो । तर, त्यसको केही समयमा काम ठप्प भयो । त्यसपछि काममा पटक–पटक विलम्ब हुँदै आएको छ ।

केही समय अघि मात्रै अन्य पेटी ठेकेदारले काम सुरु गर्ने गरि जिम्मा दिईएको थियो । उनीहरुले पनि समयमा काम अघि बढाउन सकेका छैनन । समयमा काम अघि नबढ्दा नागरिकले दुःख पाईरहेका छन् । सडक निर्माणको काम बीचमै छोड्दा अस्तब्यस्त छ । दर्जन बढि दुर्घटना भएका छन् । अहिलेसम्म ४ जनाको निधन नै भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा आवतजावत गर्न निकै कठीनाई हुने गरेको छ । बीचमा सडक र वरिपरि खाल्डा हुँदा दुर्घटनाको जोखिम कम हुन सकेको छैन ।


सडक विकासको प्रमुख आधार हो । जहाँ सडक पुग्छ, त्यहाँ विकासको दिलो बल्छ, भन्ने बुझाई छ । घोराही–तुलसीपुर चारलेन भए यहाँको विकासको एउटा इट्टा थपिनेथियो । जहाँ बढि जनताको आक्रमण हुन्छ, त्यहाँ जनताले नै बढि अपेक्षा गरेका हुन्छन् । सडक जनतासंग जोडिएको सडक क्षेत्रको विकासमा जसले विलम्ब गर्छ, त्यसलाई जनताले पनि कारवाही गर्छन् । जनताका मागमा नजर अन्दाज गर्ने हो भने त्यसको परिणाम पक्कै पनि सकारात्मक आउँदन । त्यो कुरा इतिहासले पनि प्रमाणित गरिसकेको छ । अहिलेको एउटा समस्या भनेकै विकास निर्माणमा ढिलाई हो । विकास निर्माणको ढिलाईको एउटा उदाहरण घोराही–तुलसीपुर चारलेन हो । यस्तै धेरै विकास निर्माणका कार्यहरु समयमै पूरा हुँदैनन् । त्यसले गर्दा पनि विकासमा वितृष्णा पैदा हुने गरेको छ । अब पनि यस्तै विलम्ब घोराही–तुलसीपुरमा हुने हो भने जनताले सहने सक्नेछैनन् । अष्ट भैरवका अनुप पाण्डेले ठेक्का छोडेपछि अहिले कसले काम गर्ने हो, भन्ने कुराको पनि टुंगो लाग्न सकेको छैन । अहिले नयाँ पेटी ठेकेदारले काम पाएपछि तत्काल काम सुुरु हुन्छ, भनेको पनि दुई महिना वित्न लागि सक्यो । तर, काम सुरु हुने कुनै सुरसार छैन । यसले जनतालाई कति नोक्सान भएको छ, भन्ने कुरा त आलिसान महलमा बसेर नदेखिएला, त्यसकालागि जनताले गर्ने दैनिक घोराही–तुलसीपुर यात्रालाई नियाल्नु पर्छ नै । जनताले त्यो सडकले निकै मार खेप्नु परेको छ, त्यही सडकले ज्यान समेत लिएको छ, त्यसैले यसलाई बिलम्ब गर्ने काममा कत्तैबाट पनि नहोस् । साभारः अग्रिम साप्ताहिक

May be an image of 2 people and text that says 'अगिम गते सोमबार Agrim Weekly, Feb. Monday सम्पादकीय... चारलेनमा किन राजनीति घोराही-तुलसीपुर भएको www.livedang.com विविध एमसीसीको माखेसाडलो शिरमाथि भन्डिएको तरबारजस्तो एमसीसी सम्कौतालाई लोमाजोल ।तर, कासको अवस्था अहिलेसम्म प्रतिशत सकेको भन्दा हास्यास्पद दाडकालागि प्राजेक्टका टुटेसा ओवादी सक्ने आकलनमा उसले निके आएको ठेकेदारले थियो सकेका अस्तव्यस्त अहिलेसम्म डकखण्डमा आवतजावतगर्न निकै वरिपरि सकेको दुर्घटनाको जोखिम सडक प्रमुख आधार प्रमाणित गरिसकेको उदाहरण विलम्ब बाँकी? पुष्ठमा.. रोक्न सबैले चासो छोडेपछि टुंगो कसले कराको सुरसार नदेखिएला, जनताले नियाल्तु त्यही त्यसैले यसलाई बिलम्ब गर्ने काममा कत्तैबाट नहोस्'