जाडो महिनामा प्रायः ठाउँमा महोत्सवहरू लाग्ने गर्छन । तर, ति महोत्सवहरू आयोजक एउटा हुन्छ, महोत्सव अर्कै ठेकेदारले चलाउछ । स्थानीय ब्यापार, ब्यबसायकालागि भनेर चलाउने ति महोत्सवमा सबै बाहिरकै ब्यबसायीहरू आउने गर्छन् । एउटै ठेकेदारले ठाउँ–ठाउँमा महोत्सव चलाउने गर्छन् । उनलाई स्थानीय उत्पादन प्रबद्र्धन, ब्यबसायिक हित भन्दा पनि जसरी हुन्छ, महोत्सवबाट कसरी फाईदा कमाउने भन्ने कुरा मात्रै ध्यान हुन्छ । ठेकेदारले आफै महोत्सव चलाउनकालागि अनुमति नपाउने भएपछि स्थानीय ब्यबसायीहरुका संस्था तथा अन्य सामाजिक संघसंस्थाहरूलाई आयोजकका रूपमा अघि सारेर आफूले महोत्सव चलाउने गरेका छन् ।
यसरी ठेकेदारलाई ठेक्का चलाउन दिदा आफ्नो फाईदा बढि हेर्ने भएकाले आफैसंग जोडिएका बाहिरका ब्यबसायीहरू ल्याउने गर्छन् । त्यति मात्रै होईन्,आफ्नो मनोमानी तरिकाले चलाउने गर्छन् । ठेक्का लिइसकेपछि आयोजकलाई सुरुमै पैसा दिने भएकाले आयोजकले पनि पेल्न नसक्दा स्थानीय ब्यबसायीहरूको मर्म अनुरुप काम हुँदैन । त्यसैले पनि ब्यबसायीहरूले पटक–पटक महोत्सवको विरोध गर्नुको कारण पनि त्यही हो । मेला महोत्सवले गर्दा अधिकांस पैसा भारत जान्छ । त्यसले पनि यहाँ आर्थिक मन्दी हुनेगर्छ । स्थानीय ब्यबसायीहरूलाई छुटमा स्टल दिने भनिएपनि त्यो कुरा लागु हुँदैन । कृषि महोत्सव नाम मात्रैको हुन्छ । कृषिका स्टलहरू हुँदैनन् । त्यसले गर्दा यस क्षेत्रका ब्यबसायी कमजोर हुने, तर, ठेकेदार मोटाउने स्थिति पैदा हुनेगर्छ । त्यसले गर्दा पनि महोत्सवप्रति वितृष्णा पैदा हुनेगर्छ ।
मेलो महोत्सव पर्यटनको विकास तथा यस क्षेत्रको विकास निर्माणमा टेवा पु¥याउने गरि सम्बन्धित आयोजकले नै चलाउनु पर्छ । विगतका महोत्सले यस क्षेत्रको विकास निर्माण होस्, वा ब्यबसायीक हकहितकालागि के–के काम गरे, त्यो कुराको समीक्षा हुनुपर्छ । विगतमा पनि महोत्सवहरू लागे ।तर, त्यसको उपलब्धी शून्य जस्तै भयो । कहिल्यै टरिगाउँ एयरपोर्ट स्तरोन्नतीकालागि भनेर महोत्सव लागे, कहिल्यै अन्य कुनै नाम भजाएर महोत्सव लागे । तर, त्यसले कुनै पनि उपलब्धी गर्न सकेन । किनकी ति महोत्सवहरू ठेकेदार मोटाउने महोत्सव थिए । त्यसैले आगामी दिनमा महोत्सले पार्ने नाफा, नोक्सानको समीक्षा गरेर मात्रै सञ्चालन गर्नुपर्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २४ पुष २०८०, मंगलवार ११:१२ बजे