
दंगीशरण, १० माघ ।
दंगीशरण ३ को एकलिमा योगहल भवनको सिलन्यास गरीएको छ । बिहिवार एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिकाबाट विनियोजित १० लाख रुपैयाबाट निर्माण हुन लागेको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरी र वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले विधिबत रुपमा भवको सिलन्यास गरेका हुन् ।
भवन सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले शारिरीक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताए । पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुँदै गएकोप्रती दुःख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न योगमा जोडिन आवश्यक रहेको बताए । अहिले सिलन्यास गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण–३ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
यस्तै भवन सिलन्यास गर्दै वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले सिलन्यास हुँदै गरेको भवनले आम नगारीकलाई सहज हुने अपेक्षा लिएको बताउनुभयो ।
कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीले पनि योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पार्नु भएकोथियो । योगहल सिलन्यास कार्यक्रम भवन निर्माण उपभोक्ता समितीका अध्यक्ष चेतलाल वलीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएकोथियो ।
कार्यक्रममा पुर्व जि.बि.स सभापाती भरत के.सी.पतन्जलि योग समितीका प्रल्हाद शाह,यम बझादुर खत्री,राधा रजौरे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।



लाइभदाङ । १० माघ २०८१, बिहीबार १९:५८ बजे