लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

दाङ,११ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३्०८४ को नीति तथा कार्यक्रम ल्याउदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सरकारको‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्नुहुनेछ ।


प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको हो ।