रास्वपा तुलसीपुरको सभापतिमा भण्डारी

तुलसीपुर,१० जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तुलसीपुरको सभापतिमा पुनः जीवन भण्डारीलाई चयन गरिएको छ । आईतबार तुलसीपुरमा भएको अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । त्यस्तै सचिबमा पनि पुनः कमल बस्नेतलाई चयन गरिएको छ ।


उपसभापति र सहसचिबमा भने अझै पनि टुंगिएको छैन । उपसभापतिमा निर्मला वली र शोभा धितालले दावी गरेपछि त्यो पदमा टु्रगो लाग्न सकेको छैन, भने सहसचिबमा नेत्र भण्डारी र यज्ञमूर्ती भट्टराई, नरेन्द्र केसीलगायतको दावी छ । पालिकामा १४ सदस्यीय कमिटि हुन्छ ।