प्रहरी चौकी चिराघाटलाई स्तर उन्नतिको लागि सम्बन्धित निकायमा पहल गर्ने

निराश पाण्डे
शान्तिनगर, २२ फागुन ।
शान्तिनगर गाउँपालिकाको चालू आर्थिक वर्षको ८ औं कार्यपालिकाको बैठकले शान्तिनगर ४ स्थित प्रहरी चौकी चिराघाटको स्तर उन्नति अर्थात क श्रेणिको ईलाका प्रहरी कार्यालयका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ।

साथै बैठकले वडा नम्बर ५ को रंगैजामा अस्थायी प्रहरी बिट स्थापनाको लागि पनि पहल गर्ने निर्णय समेत गरेको छ। प्रहरी चौकी चिराघाट २०४५ साल भदौ १२ गते अस्थाई प्रहरी चौकीको रूपमा स्थापना भइ २०५४ सालमा स्थाइ प्रहरी चौकी भएको थियो।


शान्तिनगर गाउँपालिकामा एक मात्र प्रहरी चौकी स्थापना भएको ३५ वर्ष बिति सक्दा पनि ईलाका प्रहरी कार्यालयको रूपमा परिणत नभएको भन्दै पत्रकार निराश पाण्डेले शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतलाई २०७९ जेठ २४ गते प्रहरी चौकी चिराघाटको स्तर उन्नतिको लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष बस्नेतले आफुले प्रहरी चौकीको स्तर उन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएका थिए । करिब दुई वर्ष पछि अध्यक्ष बस्नेतले उक्त प्रहरी चौकी चिराघाटलाई ईलाका प्रहरी कार्यालय बनाउन सम्बन्धित निकायमा पहलका लागि गत बिहिवार ८ औं कार्यपालिकाको बैठकबाट निर्णय गराएको गाउँपालिकाका प्रशासन प्रमुख कृष्ण कंडेलले जानकारी दिए। साथै शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोगमा सि सि क्यामेरा सहितको चिराघाट बजारमा प्रहरी बिट समेत निर्माण गरिएको जनाइएको छ।