सगरमाथा स्कुल निर्वाचनबाट विद्यार्थीको नेतृत्व चयन

शरद शर्मा मजगैया
तुलसीपुर,८ जेठ ।
तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलमा विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले गठन गरिएको सगरमाथा क्वालिटी सर्कल तथा सगरमाथा चाइल्ड क्लबको निर्वाचन भव्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ।

निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। जम्मा ३२३ मतमध्ये ३१२ मत खसेको थियो भने ७ मत बदर भएको निर्वाचन अधिकृत नारायण खड्काले जानकारी दिनुभयो।

निर्वाचन सम्पन्न भएसँगै विद्यालय प्रशासनले विजयी सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। विद्यालयले नवनिर्वाचित प्रतिनिधिहरूले विद्यालयको शैक्षिक तथा सिर्जनात्मक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।


सगरमाथा क्वालिटी सर्कलतर्फ अध्यक्षमा मिसन के।सी।, उपाध्यक्षमा सुकृती वली, सचिवमा देसु खनाल, कोषाध्यक्षमा ग्रीष्मा नेपाली विजयी हुनुभएको छ। त्यसैगरी सदस्य खुलातर्फ जेसिका वली, दिपिका गुरुङ तथा दिपेश यादव निर्वाचित हुनुभएको छ। ।

त्यस्तै सगरमाथा चाइल्ड क्लब तर्फ अध्यक्षमा सुजल डाँगी, उपाध्यक्षमा अनिष्का डाँगी, सचिवमा दिया के।सी।, कोषाध्यक्षमा अनुजा के।सी। विजयी हुनुभएको छ। महिला सदस्यमा तेजस्वी जि।एम। तथा सदस्य खुलातर्फ विराज भण्डारी र रिसान्त गिरी निर्वाचित हुनुभएको छ। विद्यालयका प्रिन्सिपल छवि कुमार वलीले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारी भावना तथा लोकतान्त्रिक संस्कार विकास गर्न यस्ता गतिविधि प्रभावकारी हुने बताउनुभयो। विद्यालय परिवारमा निर्वाचनले उत्साह र सकारात्मक ऊर्जा थपेको थियो ।