
तुलसीपुर, ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.९ स्थित मावि दोघरेलाई शिक्षक, विद्यार्थी र अभिभावकहरुले पंखा सहयोग गरेका छन् ।
विद्यालयमा पंखा नहुँदा गर्मीले सताउने गरेको भन्दै १६ थान पंखा सहयोग गरिएको हो ।
इच्छुक शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य केशबराज सापकोटाको सक्रियतामा विद्यालयलाई पङ्खा सहयोग गरिएको हो ।
विद्यालयप्रतिको अपनत्व, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यकालागि यस्तो कार्य गरिएको सहयोगीदाताहरुको भनाई छ ।
गर्मी निकै बढिरहेको अबस्थामा पंखा नहुँदा पठन–पाठनमा निकै समस्या हुने गरेको भन्दै यसरी पंखा सहयोग गरिएको विद्यालयका सूचना अधिकारी मेघराज पोख्रेलले बताए ।



लाइभदाङ । ७ जेष्ठ २०८३, बिहीबार १२:४९ बजे