
सुशील बस्नेत
दाङ,२१ कात्तिक ।
दाङमा मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपुर्ण गराउन उमेदवारहरुले प्रतिबद्धता जनाएका छ्न । सम्बाद समूह दाङले तुलसीपुर सोमबार आयोजना गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को आचारसंहिता कार्यान्वयन बिषयक संबादमा प्रतिबद्धता जनाएका हुन ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक गिरी,राप्रपाका ओज बहादुर खडका,नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी,राष्ट्रिय जनमुक्ति पार्टिका कृष्ण वीर नेपाली,नेपाल मजदुर किसान पार्टीका वीर बहादुर चौधरीले प्रतिबद्धता जनाउनु भएको हो ।
त्यस्तै प्रदेश सभा सदस्य नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डे ,मंगोल नेशनल पार्टीका जन बहादुर पुन,स्वतन्त्र उम्मेदवार सुमन बस्याल, राप्रपाका उम्मेदवार हंसराज केसीले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन आचारसंहिता कार्यान्वयन कडाका साथ गर्ने गराउने बताउनु भयो । तर केहि उम्मेदवारहरुले आचारसंहिता कार्यान्वयनमा आशका गर्नुभएको थियो । निर्वाचन आचारसंहिता बारे प्रदेश निर्वाचन कार्यालय घोराहीका रेवन्त बुढाथोकीले जानकारी गराउनु भएको थियो । कार्यक्रमको उदेश्य माथी वरिष्ठ सहजकर्ता सुशील बस्नेतले भनाई राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण निर्मल नेपाली र धन्यवाद मन्तव्य सुष्मा गिरीले गर्नु भएको थियो । संबाद समुहले यस अघि राजनीतिक दल, भातृ संगठन , प्रचारप्रसार समिती,नागरिक समाज सग संबाद गराएको छ ।



लाइभदाङ । २१ कार्तिक २०७९, सोमबार १६:५३ बजे