गाउँपालिकाको बजेटमा सामूहिक‘८४ पुजा’

दाङ
२३ माघ / दाङ शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहकि‘८४’ पुजा गरिएको छ । गाउँपालिकाको कार्यालयको प्राङ्गणमा रहेको मन्दिरमा आइतबार ८४ पुजा आयोजना गरिएको हो ।

गाउँपालिकाको ३ लाख बजेटमा ८४ पुजा र सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका जेष्ट नागरिक संघ शान्तिनगरका अध्यक्ष तेजराम पौडेलले बताए ।‘हामीलाई गाउँपालिकाले ३ लाख बजेट दिएको थियौं, हामीले कार्यक्रमकालागि त्यो बजेट माग गरेको थियौैं’,उनले भने‘ सोही अनुसार जेष्ठ नागरिकलाई सम्मान र ८४ पुजाका लागि बजेट ब्यबस्था गरेको हो ।”

गाउँपालिकामै यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो । आईतबार गाउँपालिका भित्रका ५ जना जेष्ठ नागरिकहरु सामूहकि ८४ पुजामा सहभागि भएको उनले बताए । उनका अनुसार वडा नं. ३ का खगी घर्ती, सोही वडाका भबिलाल घर्ती, भपाल खत्री, वडा नं. १ का दुर्गा वली र अमृता कुमारी क्षत्री ८४ पुजामा सहभागि थिए । ८२ बर्ष उमेर पुगेपछि ‘८४ पुजा’ गर्नुपर्छ । तर, घरमा त्यो पुजा गर्दा आर्थिक अबस्थाले नभ्याउने भएपछि आफूहरुलाई यसरी गाउँपालिकाले सहयोग गरेर ८४ पुजा गर्न पाउँदा निकै खुसी भएको जेष्ठ नागरिक देर्गा वलीले बताईन् । ्‘घरमा पैसा थिएन, त्यसैले ८४ पुजा गर्ने रहर हुँदा पनि गर्न सकिएको थिएन्’, उनले भनिन्‘अहिले गाउँपालिको हामीलाई ८४ पुजा गरिदिएपछि सजिलो भयो ।’


गाउँपालिका भित्र ८० बर्ष पूरा भएका २२८ जना जेष्ठ नागरिक छन् । उनीहरु सबैलाई सहभागि बनाएर कार्यक्रम गर्ने योजना बनाएपछि कोरोना महामारी बढेकाले त्यो सम्भव भएन । त्यसैले उनीहरुलाई वडामै पुगेर कार्यक्रम गर्ने योजना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।‘हामीले एकै ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका थियौं’,उनले भने‘तर, अहिले कोरोना महामारी पनि छ, त्यसैले पहिलो चरणमा ५ जनालाई सहभागि बनाएर ८४ पुजा ग¥यौं, अब केही दिनमा वडामा पुगेर सबै जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ ।’

बैदिक सनातन धर्म अनुसार ८२ बर्ष पुगेपछि ८४ पुजा गरेमा यो उमेरसम्म गरेका सबै कुकर्म, पाप मेटिएर जाने विस्वास अनुसार यो पुजा गर्ने गरिएको जेष्ठ नागरिक संघ दाङका बरिष्ठ उपाध्यक्ष खुमानन्द अधिकारीले बताए ।‘सबे बृद्धबृद्धाहरुले ८२ बर्ष पुगेर ८४ बर्ष नलाग्दै यो पुजा गरेपछि मनमा शान्ति पाउने, बाकी उमेरसम्म शान्तिपूर्ण रुपमा बच्न पाइने, भगवानसंग बास पाइने विश्वास रहेको छ’,त्यसैले यो हामीले बृद्धबृद्धाहरुको सहजताकालागि सामूहिक ८४ पुजाको आयोजना गरेका हौं ।’