
दाङ, २३ पुस ।
रोटरि क्लब अफ घोराहि दाङले श्री मा.बि सौडियारलाई सेनेटरि प्याड भेन्डिङ मेसिन आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष रोशन दाहालको अध्यक्षता तथा रोटरि क्लब डिष्ट्रिक ३२९२ का असिस्टेण्ट गभर्नर बिरु रावतको प्रमुख आतिथ्यता एब नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको विशिष्ट अतिथिता र तुलसीपुर उद्योग संघका पूर्व अध्यक्ष बिमल रिजालको विशेष उपस्थितिमा मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि रावतले विद्यालयलाइ छिट्टै नै सेनेटरि प्याड डिस्पोजल मेसिन पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । क्लबका अध्यक्ष रोशन दाहालले क्लबले सहयोग गरेको मेसिनको अपनत्व लिदै बिद्यालयले आफ्नै ठानेर उचित सदुपयोग गर्न आग्रह गरे ।
आफुहरु बेला(बेला आउदा मेसिन उपयोगि भएको ठानेमा र बाहिर समाजबाट पनि राम्रो शन्देश आएमा अन्य सहयोग गर्दै जाने दाहालले आश्वासन दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान दाजु भट्टराईले विद्यालयको बारेमा जानकारी गराउदै विद्यालयलाई सम्झिएर मेसिन सहयोग गरेकोमा क्लबका अध्यक्ष रोशन दाहालसहित सिङ्गो क्लब परिवारलाई धन्यवाद दिए । कार्यक्रमको सहजीकरण रोटरीका मिनराज भाटले गरेका थिए।



लाइभदाङ । २३ पुष २०८२, बुधबार २०:३५ बजे