स्थानिय पाठ्यक्रम निर्माणको कामलाइ अन्तिम रुप दिदै दंगीशरण गाउँपालिका

प्रमोद आचार्य
दंगीशरण, १७ जेठ ।
दंगीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणकार्यलाई अन्तिम रुप दिन थालेको छ । गाउँपालिकाले आज आधारभुत तह कक्षा १ देखी ८ कक्षा सम्मको स्थानिय विषयको पाठ्यक्रम हाम्रो दंगीशरणको मस्यौदा पालिका स्तरीय शिक्षा सरोकारवालाहरु विच अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गर्दै स्थानीय पाठ्यक्रम निर्माणको लगभग आधाभन्दा बढि काम सकेको जानकारी गराएको हो ।

आज पालिकाभित्रका विद्यालयका प्र.अहरुसंग अन्तरक्रियात्मक कार्यक्रम गर्दै वडाहरुबाट आएका सुझावहरुमाथि छलफल गरीएको थियो । छलफलका क्रममा पालिकाका पहिचान बोकेका स्थल तथा साँकृतीक सम्पदाहरुको विषयवस्तु थप गर्नु पर्ने लगायतका सुझाबहरु आएको पालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले जानकारी दिनुभयो ।


यस्तै छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष सम्भु गिरीले स्थानीय पाठ्यक्रम निर्माण पछि यहाँको साँस्कृतिक,धार्मिक र सामाजिक पक्षको उजागर हुन र यहाँको पहिचान स्थापित हुने अपेक्षा गरीएको बताउनुभयो ।

यस्तै छलफल कार्यक्रममा सामाजिक समितीका संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष रोशन जङ्ग शाहले स्थानिय पाठ्यक्रम लागु भएसंगै यहाँको रहन सहन र यहाँ बसोबास गर्ने जातजातिको बारेमा एकअर्कालाई ज्ञान मिल्ने बताउनुभयो ।

अन्तरक्रियात्मक गोष्ठी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीको सभापतीत्व ,गाउपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता ,प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराई र समाजिक विकास समितीका संयोजक रोशन जंग शाहको बिशिस्ट आथित्यतामा गोष्ठी सम्पन्न भएको हो ।