शान्तिनगरमा जुवाको खालबाट ८ जना पक्राउ

दाङ
२० माघ / दाङमा जुवाको खालबाट ८जनालाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति ७ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित ३२ बर्षीय निराजन मल्लको घरमा जुवा खेलिरहेको अबस्थामा २ लाख ८२ हजार ३ सय ५ रुपैँया नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा मल्लसहित शान्तिनगर गाउँपालिका वडा नं. ७ निवासी ४० बर्षीय प्रमोद कुमार खड्का, सोही ठाउँका ४५ बर्षीय उत्तम डाँगी, ३२ बर्षीय रमेश रावत , ४० बर्षीय बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी राजेशकुमार बोहरा, तुलसीपुर १० का ५८ बर्षीय ध्रुब शाह, भारतको विहार घई भई हाल शान्तिनगर ५ बस्ने ३५ बर्षीय हजरत अलिलाई पक्राउ गरिएको हो ।