बेलझुण्डी खानेपानीको साधारणसभा: ऋण र धमिलो पानीकै चिन्ता

तुलसीपुर,२ जेठ ।
दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थको ११ औँ वार्षिक साधारणसभा भएको छ । शनिबार भएको साधारणसभामा बक्ताहरुले एकातिर ऋणको चिन्ता गरेका थिए, भने अर्को तिर सिमेन्ट उद्योगका कारणले हुने धमिलो खानेपानीले सताएको विषय पनि उठाएका थिए । संस्थाले सहलगानी सम्पन्न गर्नकालागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको एक करोड १५ लाख सापटी र नगर विकास कोषबाट लिएको ६ करोड १४ लाख ऋणले खानेपानीमा निकै चुनौति थपिएको विषय उठान गरिएको थियो । त्यसमा भिओ गर्दा थप ७५ लाख २६ हजार समेत नगर विकास कोषबाट ऋण लिइएको छ । जसलाई समाधान गर्नकालागि खानेपानीको महशुल बढाउनु पर्ने विषयमा बक्ताहरु बढि केन्द्रित भएका थिए । अहिलेसम्म बेलझुण्डी खानेपानीले नगर विकास कोषलाई सावा र ब्याज गरि १ करोड २६ लाख ३२ हजार ३ सय ९४ मात्रै बुझाएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सापटी रकम पनि तिर्नकालागि ताकेता गरिरहेको छ । यसले संस्थालाई चुनौति थपेको भन्दै यसलाई समाधान गुर्नपर्ने कुरामा बक्ताहरुको जोड थियो ।

त्यस्तै सोनापुर सिमेन्टका कारण बर्षादका समयमा धमिलो खानेपानी उपभोक्ताको धारामा पुग्ने भन्दै यसलाई पनि समाधान गर्नुपर्ने तत्कालको आबश्यक रहेको बक्ताहरुको जोड थियो । सिमेन्ट उद्योगका गाडीहरु गुड्ने भएकाले पानी निकै धमीलो हुने गरेको भन्दै यसले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने उनीहरुको जोड थियो ।

बक्ताहरूले सिमेन्ट उद्योगकै कारण वर्षायाममा उपभोक्ताले धमिलो पानी खानुपर्ने बाध्यता रहेको बताएका छन् । उनीहरुले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीलाई गुणस्तरीय र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका हुन् । संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि नगरप्रमुख खड्काले अन्य साना खानेपानी संस्थालाई बेलझुण्डी खानेपानीसंग मर्ज गर्ने प्रक्रिया अघि बढाउने बताए । त्यसो गर्दा नै राज्यको लगानी सही रुपमा सदुपयोग हुने बताए । त्यस्तै खानेपानीको महसुल निर्धारण पनि उपमहानगरपालिकाले गर्ने बताए । उनले छिमेकी जिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिकाबाट पानी ल्याएर पानी वितरण गरेपछि उपभोक्ताले पर्याप्त पानी पाउन थालेको समेत बताए ।

यस्तै विशिष्ठ अतिथि महाशाखा प्रमुख पोखरेलले पछिल्लो समय खानेपानी सहज भएको बताए । बिगतमा खानेपानी पाउन निकै समस्या हुने गरेको भन्दै अहिले निकै सहज भएको उनको भनाई  थियो ।


उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष शिवानन्द डिसी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख प्रकाशजंग शाह, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्व अध्यक्ष इश्वर पोखरेल, राष्ट्रिय साना सहरी खानेपानी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दोर्णप्रसाद जैशी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमनी पाण्डे, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष श्रवण कुमार रजौरे, रूण्टीगढी गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडाअध्यक्ष भीम बहादुर पुन, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले मन्तव्य ब्यक्त गरेका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पाटी तुलसीपुर उपमहानगरपालिका–१९ का अध्यक्ष ज्ञानेन्द्र कुमार पोखरेल, नेपाली कांग्रेस तुलसीपुर–१९ का अध्यक्ष पदम वली, नेकपा एमाले तुलसीपुर–१९ का अध्यक्ष लोकबहादुर रोका, नेपाली कम्युनिस्ट पाटीका तुलसीपुर –१९ का अध्यक्ष दुर्गाबहादुर बिक, नेकपा९ माओवादी०का नेता राम बहादुर थापा, उपभोक्ता शारदा केसीले लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

साधारण सभामा नियमित महशुल बुझाउने उपभोक्ता तुलसीपुर –१७ छबिलाल चौधरी, तुलसीपुर –१८ का बुद्धि राम खत्री, दिपेन्द्र मावि मानपुरका अध्यक्ष शिवलाल पौडेल, महालक्ष्मी कम्युटरका अपरेटर गुरूनाथ योगीलाई सम्मान गरिएको छ । त्यस्तै संस्थाले खानेपानी, सरसफाई, सहरी विकास तथा खानेपानी मन्त्रालयका महाशाखा प्रमुख गुणनिधि पोखरेल र पानीको स्रोत व्यवस्थापनमा योगदान र्पुयाएका रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडाअध्यक्ष भीम बहादुर पुनलाई विशेष सम्मान गरेको छ ।

साधारण सभाको उद्घाटन समारोहमा संस्थाका कोषाध्यक्ष बसन्त थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव मुकेश वलीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष मन कुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण सचिव मुकेश वलीले गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ का वडामा खानेपानी र्पुयाइरहेको बेलझुण्डी खानेपानीले अहिलेसम्म २ हजार १ सय धारा वितरण गरिसकेको छ ।