भारतीय ठेकेदार मार्फत् ठगिएका नागरिकलाई दाङ बासीले गरे सहयोग

टेकराज भण्डारी
दाङ, २५ फागुन । भारतीय ठेकेदारले काम लगाई दिन्छु भन्दै ४ जना नेपालीलाई अलपत्र पारेका छन् । राम्रो काम लगाइदिने र भविष्यमा राम्रो आम्दानी हुने प्रलोभन देखाई उनीहरूलाई काम लगाउने सर्तमा तुलसीपुर बजारमा छोडेर ठेकेदार फरार भएका हुन् ।
भारतबाट नेपाल काम लगाई दिन्छु भनेर ल्याएर भारतकाे ठेकेदार फरार भए पछि दाङ तुलसीपुरमा अलपत्र परेका उक्त व्यक्तिहरूलाई तरुण दल तुलसीपुरले सहयोग गरेको छन् । नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल नेपालगन्जसम्मको भाडाकाे ब्यबस्था गरिदिनु भएको हो भने तरुण दलका तुलसीपुर नगर अध्यक्ष कमल घर्तीले रु.३१००/-, सिद्धान्त भन्डारीले रु. १०००/- गरि ४ जनालाई ब्यबस्थापन गरी घर पठाइएको हो ।