सासूको हत्या आरोपमा बुहारी पक्राउ

दाङ, २५ वैशाख ।
प्युठानको स्वर्गद्वारी नगरपालिका– ६, डाँडाखर्कमा सासूको हत्या आरोपमा बुहारीलाई पक्राउ गरिएको छ ।


०६९ साल मंसिर १ गते ६३ वर्षीया धनीकुमारी सुनारको हत्या भएको घटनामा निरन्तर अनुसन्धान गर्दा सुनारकै बुहारी ३२ वर्षीया चेती सुनारको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।