
प्रिया स्मृती गजमेर
लमही, १३ कात्तिक ।
दउसी–भैलो खेलेर संकलन गरिएको रकमबाट राजपुर गाउँपालिका–७ स्थित बाल ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।
डि टु कला केन्द्रका अध्यक्ष दीपक बर्माले जानकारी दिनुहुँदै भन्नुभयो, “देउसी–भैलो खेलेर संकलन भएको रकम विद्यालयका निम्न वर्गका बालबालिकाको सहयोगमा खर्च गरिएको हो ।”
डि टु कला केन्द्र र ए आइ एमएस डान्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन गरिएको यस अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत ३३ जना बालबालिकालाई झोला, कपडा, कपि, कलमलगायत सामग्री वितरण गरिएको हो । वितरण गरिएको सामग्रीको मूल्य करिब ४० हजार रुपैयाँ बराबर रहेको बताइएकाे छ ।
सामग्री वितरणका क्रममा केन्द्रका अध्यक्ष दीपक बर्मा, आकाश जैसवाल (लमही), जनक कुमाल (राजपुर), ज्याकसोन वली (राजपुर), तिलक कुमाल (राजपुर), अर्जुन बस्नेत (राजपुर), बसन्त खड्का (राजपुर), बिमल सेर्पाली (लमही), नारायण पुन मगर (लमही), बृन्देस बुढाथोकी (लमही) र चन्द्र राना (राजपुर) समेतको टोली सहभागी रहेको थियो ।
दुर्गम क्षेत्रका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ देउसी–भैलोबाट संकलित रकम उपयोग गरिएको हो ।
सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार दीपक बर्मा एक कुशल कार्यक्रम उद्घोषकसमेत हुन् । उनले विभिन्न मेला–महोत्सवमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् र केही म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् ।



लाइभदाङ । १४ कार्तिक २०८२, बिहीबार ०७:४५ बजे