
दाङ, २० वैशाख ।
नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय अध्यक्षमा खेमनारायण पराजुलीलाई चयन गरिएको छ। गैंडाकोटमा भएको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट पराजुलीलाई केन्द्रीय अध्यक्षमा चयन गरिएको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा यज्ञप्रसाद पन्त लाई चयन गरिएको छ।
त्यसैगरी उपाध्यक्षहरूमा उद्योग उपाध्यक्षमा दामोदर नेपाल , वाणिज्य उपाध्यक्षमा लोकजङ्ग लामा, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी, एसोसिएट उपाध्यक्षमा दिपेन्द्र बिष्ट, खुल्ला उपाध्यक्षमा उपेन्द्र चौधरी, राम सुन्दर बिक, प्रकाश पाण्डे, जनकराज पराजुली, महिला उपाध्यक्षमा कल्पना शर्मालाई चयन गरिएको छ।
त्यस्तै महासङ्घको महासचिवमा सूर्य थापालाई चयन गरिएको छ भने उपमहासचिवमा कुमार थापा, कोषाध्यक्षमा आसिका कार्कीलाई चयन गरिएको छ । महाधिवेशनले सचिवमा मधेसबाट चेतबहादुर खड्का, लुम्बिनीबाट मिनराज भण्डारी, कर्णालीबाट प्रेम सुनार, सुदूरपश्चिमबाट तपेन्द्रप्रसाद जोशी, खुल्लाबाट केदारनाथ अधिकारीलाई चयन गरिएको छ। नवनिर्वाचित अध्यक्ष पराजुलीले व्यवसायीहरूको हकहितका लागि आफू निरन्तर लाग्ने बताए ।



लाइभदाङ । २० बैशाख २०८३, आईतवार २०:२७ बजे