निजामती कर्मचारी संगठनद्वारा बिभिन्न सामग्री सहयोग

तुलसीपुर, १६ साउन ।
सहिद मनोज,झपेन्द्र,सुरेन्द्र स्मृति दिवस २०७९ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन दाङले बिभिन्न कार्यक्रम गरेको छ ।

संगठनका सचिब बाबुराम न्यौपानेका अनुसार शनिबार बालविद्यामन्दिर घोराहीमा शैक्षिक सामाग्री वितरण गरिएको हो । एउटा ठुलो टिनको बाकस, सात दर्जन कपी, सात प्याकेट पेन्सिल लगायतका सामग्री सहयोग गरिएको उनले बताए ।


त्यस्तै आईतबार मानवसेवा आश्रम तुलसीपुरमा भोजन तथा खाद्यान्न वितरण रिएको थियो । त्यस अवसरमा नगद १२ हजार, चामल एक सय केजी,आटा २० केजी, चिउरा १२ केजी, दाल ५ केजी, खाने तेल ५ लिटर, नुन २ पोका प्रदान गरिएको हो ।

अध्यक्ष शेर बहादुर केसीको अध्यक्षतामा भएको कार्यmममा तुलसीपुर नगर अध्यक्ष भेषराज चन्दले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको हो, भने कार्यक्रम सहजीकण संगठनका सचिब बाबुराम न्यौपानेले गरेका थिए ।