
तुलसीपुर, १५ वैशाख ।
दाङको तुलसीपुरमा गाडीमा छुटेको तीन लाख रकम फिर्ता गरिएको छ । अम्बिकेश्वरी राप्ती यातायात सेवा प्रालिको डेलिसा लुम्बिनी प्रदेश ०२–००१ ख ०३७५ नम्बरको गाडीमा छुटेको यात्रुको तीन लाख रुपैया बुधबार फिर्ता गरिएको हो ।
काठमाडौंबाट दाङ आउँदै गर्दा घोराहीबाट चढेका यात्रु आकाश गुप्ताको सोही गाडीमा तीन लाख रुपैया सहित केही सामान छुटेको थियो । गाडीको सिटमा रहेका बलाङ्केट धुने क्रममा गाडीका सहचालकले पैसा भेटाएका थिए । त्यसपछि गाडी धनीलाई खबर गरेका थिए ।
सोही गाडीका धनी लोकबहादुर डाँगीले उक्त रुपैँया फिर्ता गरेका हुन् ।
प्रालिका अध्यक्ष घनश्याम बस्नेत, कोषाध्यक्ष भिमबहादुर केसीसहितको रोहबरमा उक्त रकम फिर्ता गरिएको हो ।



लाइभदाङ । १६ बैशाख २०८३, बुधबार २१:४४ बजे