दाङमा एउटै रुखमा केटाकेटी झुण्डिएको अबस्थामा फेला

तुलसीपुर, ३ माघ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित सानो बखरिया जंगलमा केटा र केटी झुण्डिएको अबस्थामा फेला परेका छन् ।

बुधबार अपरान्ह ४ बजेतिर एउटै डोरीमा झुण्डिएको अबस्थामा उनीहरुलाई फेला पारिएको हो । अञ्दाजी २० बर्षीय केटा र २३ बर्षीया केटी एउटै रुखमा झुण्डिएको अबस्थामा फेला परेका हुन् ।


बनमा पात टिप्न गएको अबस्थामा स्थानीले देखेपछि जसपुर प्रहरीलाई खबर गरेका थिए ।

 

यस विषयमा अनुसन्धान गर्न प्रहरी त्यस तर्फ जान लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेले बताए ।