०८४ को मिसन पूरा गर्न पार्टीमा बिशेष महाधिवेशन : अपार

दाङ, १५ साउन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले ०८४ को मिसन पूरा गर्न बिशेष महाधिवेशन आबश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्ना कुरा ब्यक्त गर्दे अपारले यस्तो बताए । उनले पार्टी पंक्ति निणर्ायक आत्मसमिक्षा एबं सम्मेलन आयोजक समिति सहित जनतातिर जानु पर्ने समेत बताए ।

पार्टी स्वरुप साथै नेतृत्व निर्माण प्रणालि एबं आजको नयाँ पुस्तालाइ समुहगत पार्टीमा भर्तिसहित विधान सम्मेलन तिर जानु पर्ने उनको भनाई छ ।


साथै नयाँ वैचारिक संष्लेषणको आधारमा कार्यदिशाको स्पस्टता सहित वाम धुर्विकरण एबं मिसन ८४ पूरा गर्न विशेष महाधिवेशनतिर जानु अहिलेको आबश्यकता रहेको उनले बताए । यो नै माओवादीको सञ्जिवनी हुने उनको भनाई छ ।