सिमेन्ट उद्योग भित्र टिप्परले ठक्कर दिदा एक जनाको मृत्यु

दाङ, १३ फागुन । दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार राति ८ बजे घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र टिपरले ठक्कर दिँदा घोराही उपमहानगरपालिका–४ का ३० वर्षीय नारायण शर्माको मृत्यु भएको हो ।


मृतक शर्मा पनि टिप्पर चालक हुन् । मोड्ने क्रममा रा १ क १२७८ नम्बरको टिपरले शर्मालाई ठक्कर दिदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।

प्रहरीले ठक्कर दिने सवारी चालक ३० वर्षीय बसन्त जिएमलाई पक्राउ गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकका आफन्तले उद्योगमा क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरिरहेका छन् ।