नयाँ पाईला पुर्नस्थापना केन्द्र आठौ बर्षमा प्रवेश

तुलसीपुर २१ माघ  ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आठौ वार्षिकोत्सवका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा रहेको दिदी घरले सञ्चालनमा ल्याएको बालगृहमै पुगेर सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाले चामल,दाल,आलु,तेल,नमकिन,बिस्कुट,चिउरा, मसला,मास्क ,स्यानीटाइजर हस्तान्तरण गरेको हो । संस्थाका सल्लाहकार सुनीलकुमार पोखरेलको अध्यक्षता एवम महिला अधिकारकर्मी सुष्मा गिरी लामिछानेको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका निर्देशक सुरेश भुसालले दिदी घरका अध्यक्ष स्यानी चौधरीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । बाल संरक्षण केन्द्रमा चारदेखि १२ वर्ष उमेरका २३ जना बालबालिकाहरु रहेका छन् । संस्थाले हालसम्म एक हजार बढीको उपचारपछि घरपरिवारमा पुन स्थापना गराएको छ भने ६० जना आर्थिकरुपमा विपन्न समुदायका लागु पदार्थ दुव्र्यशनीहरुलाई निशुल्करुपमा उपचार गरेको छ । कार्यक्रममा यातायात व्यवसायी सुमन पोखरेल,दिदी घरकी अध्यक्ष स्यानी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गर्नुभएको थियो । संस्थाले वार्षिकोत्सवका अवसरमा विगतमा समेत बालबालिका, जेष्ठ नागरिकहरुलाई विभिन्न सामग्री  वितरण गर्दै आएको छ भने लागु पदार्थ दूव्र्यशनी सम्बन्धी अभिभावक शिक्षा,सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । त्यसैगरी संस्थामै लागुपदार्थ दूव्र्यशनका बारेमा निशूल्करुपमा मल्टीड्रर्गस परीक्षण गर्दै आएको छ । केन्द्रमा सीप सिकाएर आत्मनिर्भर बन्न चाहनेहरुका लागि निशुल्करुपमा तालिम र आवश्यक सामग्री समेत उपलब्ध गराउँदै आएको छ ।