
अनिल अधिकारी
दाङ, २६ जेठ ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता किरणकिशोर घिमिरे समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। जनताको समस्यामा सधैँ उपस्थित हुने घिमिरेलाई समाजले ‘जनताका सेवक’ भनेर चिन्न थालेका छन्।
जहाँ समस्या हुन्छ त्यहाँ किरणकिशोर समाधानकालागि अनिवार्य उपस्थित भएका हुन्छन् । समस्या समाधानका लागि घिमिरेले गरेको पहलकदमीका विषयमा अहिले चर्चा हुँदै आएको छ। सामान्य जनता दुःखमा पर्दा होस या विकास निर्माणका विषयमा होस घिमिरेको ध्यान त्यसतर्फ नै रहेको हुन्छ। गरीव, दुःखी, पीडितको सेवामा आफूलाई सधैं तत्पर राख्ने उनले विकास निर्माणको काममा पनि सक्रिय भूमिका खेल्दै आएका छन्।



विकास प्रेमीका रुपमा परिचित भईसकेका नेता घिमिरेको पहलमा आ.व.२०८२/०८३ को संघिय वजेट मार्फत घोराही उपमहानगरपालिका वडा नं. ९ मा ०८२/०८३ मै सम्पन्न हुने गरी विभिन्न स्थानमा डिप वोरीङ्ग तथा नेपाली कांग्रेस सर्वोच्च नेता गणेशमान सिंहको नाममा गणेशमान सिंह अध्यन केन्द्रको पुर्वाधार निर्माण गर्न वजेट विनियोजनका लागि सहजीकरण गर्दै घोराही उपमहानगरपालिका वडा नं.९ का जनचाहना अनुसारको काम गर्न सफल भएका छन् ।
दंगाली जनताको आसा र भरोसाका नेता किरणकिशोरले आगामी दिनहरुमा पनि जनपक्षीय काम गर्ने प्रतिबद्धता गरेकै कारण आम जनताले उनलाई जनसेवकका रुपमा चिन्ने गरेका छन् ।
लाइभदाङ । २७ जेष्ठ २०८२, सोमबार १०:०१ बजे