
दाङ,१५ बैशाख ।
घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएको छ । प्रतिष्ठानमा फिजिसीयन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेति आएपछि मुटु रोगको उपचार सुरु भएको हो ।
डा. उप्रेतिले प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गर्न सक्षम बनाएको बताउनुभयो ।
उहाँले यस सेवाको सुरुवात कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिसबाट गरिएको जानकारी दिनुभयो । दाङमा पहिलोपटक प्रतिष्ठानमा एन्जियोग्राफी कोरोनरी सेवा सुरु भएको हो । हामीले प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु गरेका छौ, मुटुको रक्तनलिलाई हेर्ने बिधी भित्र कोरोनरी एन्जियोग्राफी सेवा पर्दछ-डा.उप्रेतिले भन्नुभयो-यसबाट मुटुको रक्तनलिमा रोग छ कि छैन भनेर पत्ता लगाउन सहयोग मिल्छ ।
उनले मुटु उपचारका लागि अरु थप उपकरण आए हर्ट अट्याक भएर आउने बिरामीको एन्जियो प्लास्टीक गर्न सकिने बताए । क्याथेल्याब मेसिन आइसकेकाले मुटुको उपचारमा थप सहजता हुने उनले बताए । मुटुको इको गर्ने सेवा पनि सन्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ । मुटु रोगको उपचारका लागि थप उपकरण आउने प्रकृयामा रहेको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा.श्याम लम्सालले बताउनु भयो ।



लाइभदाङ । १५ बैशाख २०८३, मंगलवार २१:५३ बजे