
दाङ, २५ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ निवासी ६५ वर्षका नारायण भण्डारी र शान्ता खड्का चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
साढे ११ बजेतिर तुलसीपुर–अमलिया सडक खण्डमा गोल्टाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र तुलसीपुरबाट बखरिया फर्किरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली स्कुल बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि यात्रुबाहक बस सडकबाट करिब ४–५ मिटर तल पल्टिएको बताइएको छ।



घाइते हुनेमा दंगीशरण गाउँपालिका–२ निवासी २५ वर्षकी मनिषा बस्नेत, सोही ठाउँ निवासी ५२ वर्षकी गोमा सार्की, वर्ष ६० की मोति सरा सुनार, ३४ वर्षकी सिता पुन, ३२ वर्षकी सिमा पुन, २७ का कमला नेपाली, उनका छोरा वर्ष ८ को शंकर नेपाली, ९ वर्षका सुशान्त नेपाली, वर्षका ४१ नोखीराम बिक, ४८ वर्षका कुशल बिक, ३२ वर्षकी ललिता सुनार, ४८ वर्षकी कमला नेपाली, ४६ वर्षका अमृत कुशारी, ४५ वर्षका पार्वती नेपाली, १२ वर्षका राजेश विक, १० वर्षका प्रज्वल परियार, ४४ वर्षकी भिमा वली, ४३ वर्षकी लक्ष्मी नेपाली, १० वर्षकी मन्दिका नेपाली, १५ वर्षकी यशोदा बस्नेत, ५४ वर्षका चुडामणी बिक, ३३ वर्षका रोशन बिक, ४१ वर्षकी बालिका वली, २४ वर्षका घनश्याम बस्नेत, ४१ वर्षका सुर्य नेपाली, ४८ वर्षका ठाकुर प्रसाद गिरी, २३ वर्षकी सिता कुशारी, २२ वर्षकी सिता कुशारी, ४ वर्षका प्रिन्स कुशारी, ४३ वर्षका लक्ष्मी नेपाली, २३ वर्षका अनन्त किरण शर्मा, सल्यानको कपुरकोट गाउँपालिका–५ रिम घर भइ हाल दंगीशरण दिदीको घरमा गएका १९ वर्षकी टिका घर्ती र नामथर नखुलेका ३१ वर्षकी महिला घाइते भएको प्रहरीले बताएको छ । घाइते मध्य ४ जना सिरियस, १५ जना मध्यम र बाँकी सामान्य रहेको प्रादेशिक अस्पताल तुलसीपुरले जानकारीको छ । अधिकाँस एउटै गाउँका रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै इलाका प्रहरी चौकी दमारगाउँबाट प्रहरी नायब निरीक्षक पाराश्वर डाँगीको कमान्डमा ३ जना र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरुलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै बसका चालकहरूलाई नियन्त्रणमा लिइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लाइभदाङ । २६ जेष्ठ २०८२, आईतवार १३:१० बजे