
दाङ,८ वैशाख ।
दाङमा मानव कंकाल फेला परेको छ । बबई गाउँपालिका वडा नं.६ स्थित चिसापानी सामुदायिक बनको चिरामा एक ब्यक्तीको मानव कंकाल फेला परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार सोमबार फेला परेको मानव कंकालको पहिचान हुन सकेको छैन । खत्रीले मंगलबार प्रेस विज्ञप्ति जारी गरि उक्त कंकालको पहिचानकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको बताए ।
ति ब्यक्तीको कम्मरको भाग र हातको बाउलाको भागमा तीन वटा सेता धर्का भएको, निलो रंगको ट्रयाकसुट रहेको छ । सोही ट्रयाकसुटको कलरको भागमा ‘मेड इन नेपाल, लक्ष्मी साइज ४२’ लेखेको स्टिकर समेत रहेको छ । प्रहरीले कुनै ब्यक्ति हराएको भएमा सम्पर्क गर्न समेत भनेको छ ।



लाइभदाङ । ८ बैशाख २०८३, मंगलवार २१:२० बजे