
शाेभा डाँगी
तुलसीपुर, ५ बैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ स्थित डबरी पिपलबोट टोलले जेष्ठ नागरिक तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा जेष्ठ नागरिकहरूलाई लठ्ठी र छाता वितरण गरिएको थियो। ७५ बर्ष माथिका जेष्ट नागरिकलाई सम्मान गरिएको हो ।
कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरू मध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ।
यसैगरी, समाजमा सक्रिय रूपमा सामाजिक कार्यमा संलग्न भई सकारात्मक योगदान र्पुयाउने व्यक्तिहरूलाई नागरिक सम्मानसमेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालयका इन्चार्ज जङ्गबहादुर महतले यस्तो कार्यक्रम समाजका लागि प्रेरणादायी रहेको बताउँदै जेष्ठ नागरिक, विद्यार्थी तथा समाजसेवीहरूलाई प्रोत्साहन दिने नयाँ सुरुवात भएको बताए ।
सचिन पाण्डेको अध्यक्षतामा कार्यक्रम भएका हो । समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।



लाइभदाङ । ५ बैशाख २०८३, शनिबार २१:५८ बजे