राप्ती राजमार्ग स्तरोन्नतीकालागि ९० करोड

तुलसीपुर,१५ जेठ । राप्ती राजमार्गको स्तरोन्नतीकालागि संघीय सरकारले ९० करोड बजेट बिनियोजन गरेको छ ।

दाङ-सल्यान-रुकुम खण्डमा स्तरोन्नतीकालागि ९० करोड बजेट बिनियोजन गरेको हो ।


सोही सडक साँघुरो हुँदा आवतजावतमा पनि समस्या हुने गरेको छ । आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताए ।