संविधान दिवसको अवसरमा गुरुकुलको नमुना संसद

घोराही, ३ असोज ।
संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाईदै छ ।

सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीमा संविधान दिवसको अवसर पारेर विद्यार्थीहरुले नमुना संसदको अभ्यास गरेर मनाएका छन् । नमुना संसदमा जसरी संघिय संसद भवनमा बैठक बस्छ त्यसै गरी प्रदर्शन गरीएको हो । झट्ट हेर्दा साच्चिकै संसद नै चलेको जस्तो अनुभव गर्न सकिन्थ्यो ।

नमुना संसदमा देशको तेस्रो ठुलो दल नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकार ढल्छ । सो लगत्तै दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपि ओलीको सरकार बन्छ । त्यसको केहि समयपछि वली सरकारपनि ढल्छ त्यसपछि नँया सरकार प्रमुखको रुमपा डा सन्दुक रुइत नेपालको प्रधानमन्त्रि नियुक्त हुन्छन । उनी आफु प्रधानमन्त्रिमा नियुक्त भएपछि संविधान संसोधन गरेर नेपालको प्रधानमन्त्रि प्रतक्ष्य निर्वाचन प्रणालिबाट निर्वाचित हुने ब्यबस्था गर्छन् र निर्वाचन सम्पन्न गराउछन् ।

प्रत्यक्ष निर्वाचन प्रणालिबाट देशमा स्वतन्त्र युवा बालेन शाह प्रधानमन्त्री बन्छन र देशलाई विकसित मुलुक जस्तै बनाउन निकै मेहनत गर्छन । त्यसपछि २०८१ सालमा निर्वाचित बालेन शाहले १९ बर्ष पछि २१०० सालमा देशको कायाप्लट भएको नमुना सार्वजनिक गरीएको थियो ।


गुरुकुलका विद्यार्थीहरुले देखाएका जुन दृष्य थियो त्यसै गरी देशमा लागुभएमा देशले पक्कै पनि गति लिने उपस्थिक दर्शकहरुले बताएका थिए । गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकासका प्रमुख देवमनि चौधरीले विद्यार्थीहरुले देखाएको नमुना संसदबाट वास्तविक संसदको अनुभव गर्न सकिने बताउनुभएको थियो । साथै उहाँले गुरुकुल एकेडमीले यो अवसर जुराइदिएकोमा धन्यवाद समेत प्रकट गर्नुभएको थियो ।

यस्तै नागरीक समाज दाङका संयोजक निम बहादुर थापाले संसदको शिक्षा पुस्तकमा मात्र सिमित नभई ब्यबहारीक अभ्यासबाट विद्यार्थीले धेरै कुरा सिक्न पाउने बताउनुभयो । कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले शुभकामा मन्तब्य राख्नुभएको थियो ।

गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक बिबेक देबकोटाले गर्नुभएको थियो । आजभएको नमुना संसद कार्यक्रमको निर्देशकमा विद्यालयका आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो भने प्राबिधिकमा इसिए संयोजक विशालमान श्रेष्ठ रहनुभएको थियो ।