
तुलसीपुर,३० चैत ।
तुलसीपुर चेम्बर अफ कमर्शले भित्तेपात्रो बिमोचन गरेको छ । सोमबार कार्यक्रम गरि भित्तेपात्रो बिमोचन गरिएको हो ।
अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा केन्द्रीय सदस्य टोपबहादुर घर्तीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि घर्तीले चेम्बर चलायमान छ, भन्ने कुरा भित्तेपात्रो बिमोचनले देखाएको बताए ।
त्यस अवसरमा होटेल ब्यबसायि महासंघको केन्द्रीय सचिबमा चयन भएका कमर्शका सल्लाहकार नेत्रलाल वली तथा केन्द्रीय सदस्यमा चयन भएका ईन्द्रलाल बस्नेतलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
त्यस अवसरमा सचिब वलीले आफू सधै ब्यबायीको हितमा लड्दै आएको बताए । उपाध्यक्ष सन्तोष खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब दुर्गा प्रसाद शर्माले गरेका थिए ।



लाइभदाङ । ३० चैत्र २०८२, सोमबार १०:४२ बजे