दाङमा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ

दाङ,२६ मंसिर । दाङमा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । मंसिर २० गतेदेखि २६ गतेसम्म ११ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले सञ्चालन गरेको खोजतलास अभियानमा रहेका प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी टोलीले  पक्राउ गरेको हो ।


पक्राउ परेकाहरुबाट करिब ६६ हजार १ सय ६८ रुपैंया बराबरको जरिवाना असुल भएको छ । उनीहरुका सम्बन्धित मुद्दामा तोकिएको कुल ४ वर्ष ९ महिना १७ दिन कैद सजाय कार्यान्वयनका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।