यस पटक ‘शान्ति श्री’ ले नचाईन ज्ञानज्योतिका विद्यार्थी

दाङ,२७ चैत ।
प्रत्येक पटक विद्यार्थीको स्वागत होस्, वा विदाई ।

ज्ञान ज्योति कलेजले कोही न कोही कलाकार ल्याएर मनोरन्जन दिन्छ ।

विद्यार्थीलाई स्वागत वा विदाई गर्दा खुसी सहित विदाई गर्न यसरी नै कलाकार ल्याएर विद्यार्थीहरुलाई नचाएरै पठाउछ ।

यस पटक पनि कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रममा शान्तिश्री परियारलाई ल्यायो । उनले आफ्ना गीतहरु प्रस्तुत गरिन् । उनको प्रस्तुतीमा विद्यार्थीहरु झुमिए, नाचे ।

विद्यार्थीहरुले पनि आफ्ना बिभिन्न प्रतिभाहरु प्रस्तुत गरे ।


कक्षा ११ का विद्यार्थी बर्षाङ्क पोख्रेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत मन बहादुर खड्का प्रमुख आतिथ्यतामा कार्यक्रम गरि यसरी विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि खड्काले विद्यालय तहको शिक्षा पुरा गरेर समाज र राष्ट्र निर्माणको नयाँ खुड्किलोमा प्रवेश गर्न लागेको भन्दै विद्यार्थीहरूलाई अनुशासित र लगनशील बन्न आग्रह गरे ।

यस्तै, कार्यक्रममा आईएसटीका शिक्षाविद् नरेन्द्र बज्राचार्य र आईएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्नेत, ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिईओ सुरेन्द्र जिसीलगायतले मन्तब्य बयक्त गरेका थिए । त्यस अवसरमा सिइओ जीसीले आगामी नयाँ शैक्षिक सत्रदेखि भर्ना हुन आउने विपन्न तथा अनाथ बालबालिकाहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने बताए ।

कार्यक्रमको सहजीकरण शिक्षकद्वय सन्तोष केसी र सोमराज बस्नेतले गरेका थिए ।