जेसीजको असल अभिभावक शिक्षा कार्यक्रम : बालबालिकामा नैतिकताको कमी

निरला अर्याल
तुलसीपुर,१६ जेठ । अभिभावकको व्यस्तता, अशिक्षा, बेरोजगारी, बढ्दो सहरीकरण, फरक समुदायको बसोबास, गलत संगतले बालबालिकालाई असल संस्कार सिकाउन कठिन भएको एक कार्यक्रमका सहभागीले बताएका छन्। जेसीज सप्ताह अन्तर्गतको चौथो दिन असल अभिभाबक शिक्षा कार्यक्रममा बोल्दै अभिभावकले पछिल्लो समय बालबालिकालाई नैतिकताको पाठको कमी भएको बताएका हुन्।

तुलसीपुर नगर जेसीज वर्ष २०२४ का अध्यक्ष पूर्ण बहादुर डाँगीको अध्यक्षतमा भयको कार्यक्रममा सहभागी वक्ताहरुले अभिभावकले बालबालिकाको मनोभावना बुझ्ने कोसिस गर्यो भने धेरै समस्याको समाधान हुन्छ ।

त्यहीअनुसार उनीहरुलाई झर्को नमानी काम सिकाउने, सरल बाटोमा लैजाने अभिभावकले मंजूर हुनु पर्ने उनीहरूको भनाई राखेका थिए । बच्चाहरुलाई सकेसम्म बुवा–आमा दुवैले प्रशस्त समय दिनुहोस् सम्भव नभए बुवाआमामध्ये एकजनाले भए पनि बच्चाबच्चीलाई पर्याप्त समय दिँदा मनोबल उच्च रहने बुझाइ छ। गलत कार्यलें गलत रिजल्ट दिन्छ भने राम्रो कार्य गर्दा राम्रो रिजल्ट दिन्छ भन्ने भावनाको बलबालबालिकमा विकास गराउन सकियो भने भविष्यमा ती बालबालिका गलत मार्गमा नहिड्ने प्रशिक्षक तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष तथा प्रसिक्षक सूर्य शर्माले बताउनु भयो। शर्माले बच्चाको लेभलमा रहेर साथित्वको व्यवहार गर्न सक्यो भने हरेक कुराहरू शेयर गर्ने वातावरण हुने बताउनु भयो ।

यस्तै तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष तथा असल अभिबाक शिक्षा कार्यक्रममा प्रशिक्षक झरेन्द्र खरेलले असल संस्कार कसरी सिकाउने, नैतिकवान व्यक्ति कसरी तयार पार्ने भन्ने, असल अभिभाबक बन्न आफू कुन रूपमा प्रस्तुत हुने विषयमा प्रशिक्षण गराउनु भएको थियो ।


उहाँलेब्यक्तित्व र नेतृत्व विकास कसरी गर्ने सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा आस्थापाठ केशव राज न्यौपाने ले र भने कार्यक्रमको बारेमा जानकारी उपाध्यक्ष सुरज भण्डारीले गर्नु भएको हो । असल अभिभावक शिक्षा कार्यक्रम का संयोजक रमेश रेग्मी स्वागत् मन्तव्य राख्नु भयको कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गर्नु भयको थियो ।

कार्यक्रममा कार्यक्रममा अक्षय कोष दाता पदम पोख्रेल, पुर्व अध्यक्ष हरु बिमल कुमार पौडेल , मेघराज घिमिरे , मोहन सुनार र निवर्तमान अध्यक्ष सालिकराम वलि को पनि सहभागिता रहेको थियो ।

यसै बीच जेसीज सप्ताह अन्तगर्तकाे पहिलो दिन रक्तदान कार्यक्रम भएको छ । सोही अवसरमा २१ जनाले रक्तदान गरेका थिए । साताव्यापी कार्यक्रमको दोस्रो दिन जेठ १३ गते बिहान ११ बजे जेसीज जुनियर स्विच च्याम्पेन्सिप कार्यक्रम, जेठ १४ गते बिहान ७ गते अनुचित लेनदेन सम्बन्धि कानूनी व्यवस्था, एक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

भने आज लागूपदार्थ तथा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम जेठ १७ गते बिहान ७ बजे अन्तरविद्यालय फुटसल प्रतियोगिता र जेठ १८ गते बिहान ८ बजे सहयोग सम्मान तथा समापन कार्यक्रम गर्ने जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगी ले बताउनु भयो ।