
दाङ, २४चैत । लुम्बिनी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक विदा दिएको छ । नेपाल सरकारले घोषणा गरेको विदा बाहेक थप ६ दिन सार्वजनिक विदा घोषणा गरेको हो ।
प्रदेश मन्त्री परिषदको निर्णय अनुसार विदा थप गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव लोकमणी पाण्डेले बताए । उनका अनुसार हरितालिक तीजको अवसरमा भदौ २९ गते, कोजाग्रत पूर्णिमाको अवसरमा कात्तिक ८ गते, माघीको अवसरमा माघ २ गते, प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बसन्त पन्चमीको अवसरमा माघ २८ गते र भूम्या, वडका अत्तवारी, भगती जात्रा र मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय भएको हो ।
मन्त्रालयका उपसचिब पाण्डेले सोमबार सूचना जारी गरि यस्तो जानकारी दिए ।




लाइभदाङ । २४ चैत्र २०८२, मंगलवार ०९:३८ बजे