
तुलसीपुर,२४ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर बहुप्राबिधिक शिक्षालय(मेट्रो कलेज)का विद्यार्थीहले बेकरीका बिभिन्न परिकारहरु बनाएका छन् । ब्याचलर इन होटेल एण्ड टुरिजम म्यानेजमेन्ट(विएचटिएम)मा तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले एक महिनाको बेकरी तालिम सिकेपछि बिभिन्न परिकार बनाएर बजारीकरण समेत गर्ने गरेका छन् । विद्यार्थीहरुले बिभिन्न प्रकारका केक, विस्कुट, बन, डुनट,ब्रोवाईन, क्रिमलगायतका परिकार बनाएर माग भए अनुसार बजारमा उपलब्ध गराउने गरेका छन् । पढाईसंगसंगै सीप सिक्न पाउँदा आफूहरुलाई थप हौसला भएको विएटिएम तेस्रो बर्षका विद्यार्थी संस्कृति केसीले बताए ।“
पढ्दै गर्दा यस्ता सीप सिक्दा मोटिभेट पनि हुन्छ”,उनले भने “सैद्धान्तिक मात्रै भन्दा पनि प्रयाक्टिकल्ली जानुपर्छ ।”सिक्दै जाँदा बजारमा पनि आबश्यक पर्ने चिजहरु जाँदा हौसला बढ्ने गरेको तेस्रो बर्षकै विद्यार्थी मनिशा देवकोटाले बताए । नियमित पाठ्यक्रममा पनि भएको विषयलाई यसरी एक महिनाको तालिम नै आयोजना गरेर बिभिन्न परिकार बनाउन सिकाउनु आफुहरुकालागि अवसर रहेको उनको भनाई थियो ।“सिक्दै जाँदा, अझै हौसला बढ्दो रहेछ”,उहाँले भन्नुभयो“ अझै उत्पादन गरौं । अझै बेचौं जस्तो लाग्दो रहेछ ।”
अहिले कलेजमा अध्ययन गर्दै गर्दा पनि विएचटिएमका विद्यार्थीहरुको बजारमा पनि उत्तिकै माग रहेको कलेज प्रमुख बसन्त आचार्यले बताए । बजारमा धेरैले माग गर्ने गरेको भएपनि पु¥याउन मुस्किल हुने गरेको उनको भनाई छ ।
त्यसैले पनि बजारको मागलाई पूरा गर्नकालागि तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए ।“अहिले विएचटिएमका विद्यार्थीहरुको निकै माग छ, धेरैले विद्यार्थी पठाईदिनु प¥यो भनिरहनुभएको छ”,उनले भने“तर, हामीले पु¥याउनै सकिरहेका छैनौं ।”



लाइभदाङ । २४ चैत्र २०८२, मंगलवार ०६:४८ बजे