तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ७ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा शुक्रबार पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अर्थात् नेपालनजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यूनचापीय रेखा पूर्वमा नेपालनजिक रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रही शुक्रबार बिहान कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

त्यस्तै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेश प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ ।


आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको हुने पूर्वानुमान गरेको छ।

शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा राति पनि भारी वर्षा हुने प्रक्षेपण छ।