लमहीमा ट्रमा अस्ताल निर्माणकालागि छलफल

लमही,२० चैत ।
लमहीको ट्रमा अस्पताल सन्चालन सम्बन्धमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा लमहीमा आज सर्वदलिय बैठक सम्पन्न भयो िनिमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा। श्याम लम्सालले लमहीमा ट्रमा सेन्टर सन्चालनमा ल्याउन सके स्वास्थ्य क्षेत्रमा कोसेढुङ्गा साबित हुने बताउनु भयो ।


सर्बदलिय तथा सर्बपक्षिय छलफलमा अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थिले ट्रमा सेन्टरमा विशेषज्ञ सेवा पनि सुरु गर्न सकिने र भबन निर्माणपछि प्रतिष्ठानलाई भबन हस्तान्तरण गरेर सबैको पहलमा स्वास्थ्य क्षेत्रमा देउखुरिलाई कायापलट गर्न सकिने बताउनु भयो । छलफलमा देउखुरी क्षेत्रका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।