दाङमा मट्टीतेल सेवनबाट ३ बर्षिय बालक घाईते

तुलसीपुर, ५ असार ।
दाङको तुलसीपुरमा मट्टीतेल सेवनबाट ३ बर्षिय बालक गम्भीर घाईते परेका छन् । आज दिउँसो करिब ३ बजेतिर आफ्नै घरमा खेल्ने क्रममा घरमै राखेको मट्टीतेल सेवन गर्दा गम्भीर घाईते परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।


तुलसीपुर ८ अश्वार बस्ने प्रकाश बिकका ३ बर्षिय छोरा आरोश बिक गम्भीर घाईते परेका हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले बताएको छ । आमा–बुवा काम बिशेषले तुलसीपुर बजार आएको बेला उनले मट्टीतेल सेवन गरेका थिए ।