चेम्बर तुलसीपुरद्वारा सीडीओलाई स्वगत

तुलसीपुर
१ मंसिर / तुलसीपुर चेम्बर अफ कमर्सले दाङले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वागत गरेको छ । जिल्लामा केहि समय अघिमात्रै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी रेग्मीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेर चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले स्वागत तथा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा व्यवसायीले शान्ति सुरक्षादेखि विकास निर्माणको मुद्दालाई विशेष प्रथामिकतामा राखेर काम गर्न आग्रह गरेका थिए । विभिन्न समयमा चन्दा आतंकदेखि व्यसायीको हत्या भएका घटनाहरुको स्मरण गराउँदै व्यवसायीले शान्ति सुरक्षादेखि तुलसीपुर घोराही फोरलेन सडकको निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीलाई कानुनी कटघरामा ल्याएर छिटोभन्दा छिटो निर्माणको कामलाई अघि बढाउने वतावरण सृजना गर्न आग्रह गरे ।


सो अवसरमा प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्लाको शान्ति सुरक्षा गर्नु आफ्नो प्रमुख दायित्व भएको बताउँदै सहयोगका लागि सबैलाई अपिल समेत गर्नुभयो । कार्यक्रममा नेकपा एमाले दाङका सचिवालय सदस्य विनोद कुमार शर्मा, नेपाली कांग्रेसका युवा नेता जनक खराल, नेकपा माओवादी केन्द्रका युवा नेता घनश्याम डाँगी, चेम्बरका सल्लाहकार तेजविक्रम घर्ती, उपाध्यक्ष प्रेम बाँठा लगाएतले बोल्नु भएको थियो ।

चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव ऋषीराज भण्डारीले गर्नुभएको थियो ।