संविधान दिवसमा तुलसीपुरमा दिप प्रज्वलन

तुलसीपुर
३ असोज / संविधान दिवसको अवसरमा आईतबार तुलसीपुरमा दिपप्रज्वलन गरिएको छ । संविधान निर्माण भएको आजको दिनको सम्झनामा साँझ तुलसीपुरको वीपी चोकमा दिपप्रज्वलन गरिएको छ । माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिँग(वाईसियल) र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । त्यस अवसरमा माओवादी केन्द्र तुलसीपुरका सचिब तुलसी थापाले अब संविधान कार्यान्वयनकालागि जोड गर्नुपर्ने बताए ।

त्यस्तै वाइसिएलका केन्द्रीय सदस्य दिपशिखा घर्तीले माओवादीको एजेण्डा अनुसार नेपालको संविधान निर्माण भएको भन्दै यसको संरक्षण पनि माओवादीले नै गर्ने बताईन् ।


कार्यक्रममा पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी, अनुपम खड्का,वाइसिएलका जिल्ला कार्यालय सदस्य हेवेन्द्र शाही, सीताराम शर्मा, केएल भण्डारी, शसिकिरण ढकाललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष हिरालाल वलीले गरेका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'