चुनाब हुन्छ, की हुँदैन भन्ने ठेगान छैनः महासचिब पोखरेल

दीपक बोहरा
दाङ, १३ कात्तिक ।
नेकपा(एमाले)का महासचिब शंकर पोख्रेलले चुनाब हुने वा नहुँने भन्ने ठेगान नभएको बताएका छन् । प्रेस चौतारी दाङले विहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटन संविधान सम्वत नभएको भन्दै त्यो कुरा अदालतबाट नटुंगिदासम्म चुनाब नहुँने बताए ।“ प्रतिनिधिसभा विघटन संविधान सम्वत छैन्, भन्ने विगतमा नजिरले भन्दछ । हामीले पनि दुई पटक संविधान विघटन गरेर चुनाबमा जान खोजेका थियौं”,उनले भने“ तर, विगतमा सर्वोच्च अदालतले संसदबाटै सरकार बनाउने सम्भावना रहेसम्म विघटन गर्न नपर्ने फैसला गरिसकेको छ ।” विगतको अदालतको फैसला अनुरुप नै अहिले पनि संसद पुनस्र्थापना हुन सक्ने उनको भनाई छ । संसद पुर्नगठन भएमा चुनाब नहुँने उनले बताए । त्यसैले पनि चुनाबको विषय गौन रहेको महासचिब पोख्रेलको भनाई छ । संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएको अबस्थामा शक्तिको आडमा फैसला हुन नहुँने समेत बताए ।“सर्वोच्च अदालतलाई संविधानको अन्तिम ब्यबख्या गर्ने अधिकार हुन्छ”,उनले भने“ तर, त्यो विगतको नजिर र कानुन सम्वत नै हुनुपर्दछ ।”

एमाले चुनाबबाट भाग्ने पार्टी नभएको समेत उनले बताए । यद्यपी फागनमै चुनाब गर्नकालागि सुरक्षाको प्रत्याभूति समेत नभएको उनको भनाई छ । चुनाब तोकिएपनि जनता सहज ढंगले मतदान केन्द्रमा जान सक्ने वातावरण तयार नभएको समेत उनले बताए । त्यस्तै राजनीतिक दलका गतिबिधिहरु निर्वाध रुपमा गर्न सक्ने अबस्था समेत नरहेको भन्दै दलले नै जनतामा आफ्ना एजेण्डा लिन नसक्ने अबस्था भएमा चुनाबको अर्थ नरहने समेत बताए ।“चुनाब भनेको आफ्ना एजेण्डा लिएर राजनीतिक दलहरु जनताको विचमा जाने कुरा हो”,उनले भने“तर, सरकारले अहिले पनि जुलुस ननिकाल्नोस्, भन्छ । प्रहरीको मनोबल पनि गिरेको छ । यस्तो अबस्थामा चुनाब हुन सक्दैन ।”

अहिले चौतर्फी रुपमा राजनीतिक दलमाथि प्रहार समेत भइरहेको छ । यसमा सरकारले ब्यबस्थापन गर्न नसकेको समेत महासचिब पोख्रेलको भनाई छ । “राजनीतिक दलप्रतिको प्रहार भनेको लोकतन्त्रमाथिको प्रहार हो, यसलाई सामान्य आक्रोसका रुपमा चित्रण गर्न खाजेको देखिन्छ ।”,उनले भने“तर, लोकतन्त्रमा जनताका एजेण्डा बोक्ने राजनीतिक दललाई कमजोर बनाउने कुरा समान्य कुरा होईन ।”

अर्को तर्फ जेनजीका नाममा अहिलेको सरकार एनजिओले चलाएको समेत बताए । मुलुकमा नगारिक स्तरको सरकार बनाएपनि त्यसमा राजनीतिक दलसंगको सहमतिमा बनाउनु पर्नेमा एनजिओले चलाएको समेत उनले बताए ।


साथै उनले जेनजी आन्दोलनको क्रममा दोषीलाई छानविन गर्नकालागि बनेको कार्की आयोगले निष्पक्ष छानविन गर्न नसक्ने समेत उनको भनाई छ । तत्काल तटस्थ ब्यक्तीको नेतृत्वमा आयोग बनाए मात्रै निष्पक्ष छानविन हुन सक्ने समेत उनले बताए ।

महासचिब पोख्रेलले राजनीतिक दलका नेताहरुको सुरक्षामा सरकारले बेवास्ता गरेको समेत बताए । सुरक्षाकर्मी समेत फिर्ता लिने कार्य हुँदा दलका शीर्ष नेताहरुको सुरक्षा पार्टीले गर्नुपर्ने अबस्था रहेको भन्दै यसले समाजमा नकारात्मक प्रभाब पार्ने समेत बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका नाममा मुलुकको सुरक्षा निकाय, न्यायलय, डेटा भएका कार्यालयहरु तोडफोड गर्दा राज्य नै कमजोर भएको भन्दै राज्य नै कमजोर पार्ने खालले षडयन्त्र भएको समेत बताए । जेनजी उमेर समूहलाई देखाएर षडयन्त्र भएको समेत उनले बताए । महासचिब पोख्रेलले उमेर समूहलाई छुटै संगठन तथा पार्टीका रुपमा लिन खोजिएको भन्द जेनजी कुनै संगठन नभई उमेर समूह भएको समेत बताए ।

यसमा प्रहरीले पनि सुरक्षा दिन नसकेको उनको भनाई थियो । विगतमा लाखौं भिडलाई प्रहरीले नियन्त्रण लिन सकेको अबस्थामा अहिले २० हजारसम्मको भिडलाई पनि नियन्त्रण लिनबाट हच्किएको समेत बताए । अब पनि यस्ता आन्दोलन भएमा टोलटोलबाट सुरक्षा गर्नुपर्ने बताए । २००७ साल, २०४६, २०५२ सालमा भएको लाखौं जनता सहभागि भएका आन्दोलनमा पनि यति क्षति नभएको अबस्थामा अहिले एकै दिनमा ठूलो क्षति भएको समेतउनले बताए । आन्दोलन यस्तै अराजक बन्दै गएमा जेन अल्फाले झनै जेनजी पुस्तालाई नस्वीकार्ने अबस्था आउन सक्ने समेत उनले बताए ।