दाङ, २९ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको जिल्लामा नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएको छ । पार्टीभित्रको आन्तरिक गुटबन्दी बढ्दै गएपछि असन्तुष्ट बनेका डेढ दर्जन नेताकार्यकर्ताले शुक्रबार पार्टी छाडेका छन् ।
पार्टीभित्र संस्थापन पक्षका नेता रहेका चौधरीसँग इतर समूहमा रहेका नेताकार्यकर्ताहरुले वेवास्ता गरेको गुनासो गर्दै आएका थिए ।
पछिल्लोपटक संस्थापन समूहमा रहेका नेता बालकृष्ण खाण पक्राउ पर्नु र नेता चौधरीसमेत यसको अनुसन्धानमा तानिएको प्रचार हुन थालेपछि स्थानीय स्तरमा नेताकार्यकर्ताहरु असन्तुष्ट हुन थालेका हुन् ।
दांगको तुल्सीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ का डेढ दर्जन नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी छाडेको घोषणा गरेका छन् ।
जिल्ला सभापतिलाई सम्बोधन गरेर लेखेको पत्रका उनीहस्ले लामो समयदेखि नेपाली काग्रेसको सकृय राजनीतिमा रहेपनि पछिल्लो चरणमा पार्टीका गतिविधि चरण गुटबन्दीमा केन्द्रीत भएको, भ्रष्टाचारमा पार्टीका जिम्मेवार नेताहरु नै लागिरहेको प्रमाणहरु बाहिर आउन थालेपछि आजका मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी पार्टी छाडेको जनाएका छन् ।
यसरी पार्टी छाड्नेहरुमा क्षेत्रीय प्रतिनिधि तुल्सीपुर १८का शिवराज खत्री, सोही वडामा क्रियाशील सदस्य रविन्द्र केसी, इकाइ सदस्यहरु नेत्र पोखरेल, बसन्तकुमार पोखरेल, क्रियाशील सदस्य भगवता उपाध्याय, दिपा खत्री, जीवन वली, नोखीराम बस्नेत, बसन्त केसी, जगत पोखरेल, इश्वरी चौधरी, आशा जिसी, सनत आचार्य, यज्ञश्वर आचार्य, उमाकान्त भुसाल, शंकर सार्की, किशोर केसी रहेका छन् ।
कांग्रेस दांङ सभापति शंकर डाँगीले आफूले पनि यो विषय भरखर सुनेको र थप बुझेर जानकारी दिने बताए ।
लाइभदाङ । २९ बैशाख २०८०, शुक्रबार १७:३९ बजे