तुलसीपुरमा चट्याङ पर्दा दुइजना घाइते

तुलसीपुर
१० भदौ / तुलसीपुरमा चट्याङ लागेर २ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेमा शुक्रबार विहान प८ बजेतिर परेको चट्टयाङले दुई महिला घाईते भएका हुन् ।

वडाध्यक्ष हुमकान्त सापकोटाका अनुसार स्थानीय फोडिस्वान भुषालको घरमा परेको चट्टयाङ्ले उनकी श्रीमति करिब ४५ बर्षीया भिमा भुषाल र घर नजिकै रहेकी रेखा विकलाई घाइते बनाएको छ ।


उनीहरुको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको छ ।