
काठमाडौँ, ६ चैत ।
अर्थ मन्त्री रामेश्वर खनालले सरकारबाट बाहिरिदै गर्दा दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ४ सय सैया अस्पतालको ठेक्का लगाउन नसकिएको बताएका छन ।
अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट आज जारी कार्यकाल समाप्ती प्रतिवेदन अन्तगर्त हुँदै गरेका वा सम्पन्न गर्न नसकिएका कामहरुको जानकारी गराउने क्रममा उनले सो कुरा बताएका हुन ।
अर्थमन्त्री खनालले प्रतिष्ठानको ठेक्का लगाउन नसकिएको कुरा प्रसंगमा आफै खुलाउदै कार्यकाल समाप्ती प्रतिबेदनमा सम्पन्न गर्न नसकिएका कामको सूचीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चालु वर्षमा विनियोजित रकमभन्दा धेरै बढीको ठेक्का लगाउनु पर्ने तर बहुवर्षीय स्रोतको समहमति नभएकोले ठेक्का लगाउन नसकिएको उल्लेख गरेका छन् ।उनले चालु वर्षको बजेट पनि खर्च हुन नसक्ने स्थिति छ । तसर्थ यसका लागि कुनै निकास निकाल्नु पर्ने स्थिति छ भनेका छन् । बहुबर्षिय आयोजनामा स्रोत सहमति नभए प्रतिष्ठानको ४ सय सैया अस्पताल भबन अलपत्र पर्ने देखीएको छ ।
अस्पताल भबनको लागि आएको ८८ करोड रकम फ्रिज हुने जोखिम छ । स्वास्थ्य र शिक्षाको प्रमुख केन्द्रको रुपमा रहेको प्रतिष्ठानमा भबनको अभाबमा नयाँ सेवा बिस्तार गर्न समस्या भइरहेको छ । प्रतिष्ठानमा एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थपिरहेको बेला ४ सय सैयाको नयाँ अस्पताल भबन निर्माण कार्य अघि बढ्न नसक्दा अन्यौलता सिर्जना भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा। श्याम लम्सालले भबनको लागि आबश्यक पर्ने सम्पुर्ण तयारी प्रतिष्ठानले पुरा गरेर सम्बन्धित निकायमा पेश गरि सकेको जानकारी दिदै आउने नयाँ सरकारले यस बारेमा गम्भिरतापुर्बक सोच बिचार गरेर निकास निकाल्ने पुर्ण बिस्वास ब्यक्त गर्नुभयो । यो बारेमा यस क्षेत्रका सरोकारवाला सबैको साथ, सहयोग र पहल आबश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो ।




लाइभदाङ । ६ चैत्र २०८२, शुक्रबार ११:०७ बजे