दाङमा चार सय १६ जना डेङ्गी सङ्क्रमित, सबैभन्दा धेरै तुलसीपुरमा

दाङ,१८ कात्तिक । मनसुन सकिए पनि दाङमा डेङ्गि रोगको सङ्क्रमण रोकिएको छैन । अहिले दसवटै स्थानीय तहमा डेङ्गि फैलिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । रोगको सङ्क्रमणले बिरामी बढ्दै गएपछि अस्पतालमा बिरामीको भिड पनि बढेको छ । ०८१ जेठदेखि कात्तिक १५ सम्म दाङमा ४ सय १६ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।


दाङमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १७१, घोराहीमा १४६, लमही नगरपालिकामा ४८, शान्तिनगर गाउँपालिकामा १७, बबई गाउँपालिकामा १६, राप्ती गाउँपालिकामा १२,  दङगिशरण गाउँपालिकामा १०, गढवा गाउँपालिकामा ६ , राजपुर गाउपालिका र बङ्गलाचुली गाउँपालिकामा ४/४ जना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेङ्गि  फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । यो अवधिमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा १३३ जनाले उपचार सेवा लिएका छन् ।