काठमाडौं ११ असोज ।
नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले देशलाई नै कालोसूचीमा पार्न खोजेको आरोप लगाएका छन् । बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा २१–२२ अर्ब रुपैयाँ कालोधनलाई वैधानिकता दिने प्रावधान राखेर सरकारलाई नेपाललाई नै कालोसूचीमा राख्ने प्रयास गरेको उनको आरोप छ ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अधिकारीले भने, ‘हुँदाहुँदा लुटिएका झण्डै २१(२२ अर्ब अन्तर्राष्ट्रिय कानून, आतंककारी कानुन समेत आकर्षित हुने कानूनलाई समेत उल्लंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’
सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सुचारु गराउन पहल नगरेको तर्कसमेत गरे ।
लाइभदाङ । ११ आश्विन २०७८, सोमबार १७:३९ बजे