तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुँदा १५ जना घाइते

तुलसीपुर, ४ जेठ ।
दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको प्र.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेल्झुन्डिमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।


बसमा ३२ जना सवार रहेकोमा अरु भने सकुसल रहेको र घाइतेहरुलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा थप विवरण आउन बाकी छ ।